ओले गनर बर्खास्त भए युनाइटेले यी कोचलाई भित्राउन सक्ने

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार पछि कोच ओले गनर सोल्सायरको भविष्य क्लबमा अनिश्चित रहेको छ। लिभरपुल सँगको ०-५को हार पछि ओले गनर सोल्सायरको धेरै आलोचना भएको थियो भने फ्यानहरू उनको रणनीतिबाट खुसी थिएनन् भने युनाइटेडले उनलाई बर्खास्त गर्न परे युनाइटेडको नजरमा नयाँ कोच रहेको जानकारी छ।

म्यानचेस्टर युनाइटेड इन्टर मिलानका पूर्व कोच एन्टोनियो कोन्टेलाई भित्राउन इच्छुक रहेको जानकारी छ भने कोन्टे पनि युनाइटेडमा सामेल हुन इच्छुक रहेको खबर छ । इन्टर मिलानबाट राजीनामा लिए पछि एन्टोनियो कोन्टे क्लब विहीन छन् भने उनलाई भित्राउन युनाइटेडले प्रयास गर्न सक्ने खबर छ।

युनाइटेडले इटालियन कोचलाई हाल सम्म प्रस्ताव भने गरेको छैन भने ओले गनरलाई बर्खास्त गर्ने निर्णयमा युनाइटेड पुगेको छैन भने आउँदो ३ खेल ओलेको लागि क्लबमा अन्तिम मौका हुन सक्ने जानकारी छ र उनी बर्खास्त भए एन्टोनियो कोन्टे युनाइटेडको नयाँ बन्न सक्ने धेरै सम्भावना रहेको रिपोर्ट छ।

कोन्टेले गत सिजन इन्टर सँग लिग जितेका थिए तर क्लबका मालिकले आफ्नो स्टार खेलाडीहरू बेच्न निर्णय गरे पछि कोन्टेले क्लब छोडेका थिए।

युनाइटेडको हाल लिगमा धेरै खराब म रहेको छ। लेस्टर सिटी सँग ४-२ले हारे पछि ओले गनर सोल्सायरको धेरै आलोचना भएको थियो भने सो बेला पनि उनको बर्खास्तको माग भएको थियो तर च्याम्पियन्स लिगमा एटलान्टा विरुद्ध ३-२को जित पछि उनको आलोचना केही सेलाएको थियो तर लिभरपुल विरुद्धको ५-०को हार पछि उनको बर्खास्तको माग झन् बढेको छ।

युनाइटेडले आउँदो ३ खेलमा टोटेनह्याम, एटलान्टा र म्यानचेस्टर सिटीको सामना गर्ने छ।