ओलम्पिक २०२०: भारतलाई हक्कीमा इतिहासिक सफलता

एजेन्सी, टोकियो ओलम्पिक अन्तर्गत वुमेन्स हक्कीमा भारतले अष्ट्रेलियालाई हराउदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । भारतले सेमिफाइनल पुगेसंगै ओलम्पिक इतिहासमा पहिलो पल्ट सेमिफाइनल पुगेको हो ।

गुर्जित कौरले २२ औं मिनेटमा पेनाल्टी कर्नरमा गोल गर्दै तीन पटकको विजेतालाई अष्ट्रेलियालाई ओइ हक्की रंगशालामा हराएको छ ।

अग्रता लिए पछि डेफेन्समा मज्बुद प्रदशन गर्दै विश्व वरियतामा नम्बर २ टोलिलाई पराजित गरेको हो ।

त्यस्तै, क्वाटरफाइनलको अर्को खेलमा अर्जेन्टिनाले जर्मनीलाई ३-० ले हराउदै भारतसंगको भेट पक्का गरेको छ ।

अर्जेन्टिनाका लागि अगस्टिना अल्बटारिओ र भिक्टोरिया ग्रानाटोले दोश्रो क्वाटरमा गोल गरे । यस्तै, भ्यालेन्टिना रापोसाले चौथो क्वाटरमा गोल गर्दै जित सुनिस्चित पारे ।