ओलम्पिक २०२०: क्यानडा वुमेन्स फुटबलको फाइनलमा

एजेन्सी, टोकियो ओलम्पिकमा जारी वुमेन्स फुटबलमा संयुक्त राज्य अमेरिकालाइ हराउदै क्यानडा फाइनलको यात्रा तय गर्न सफल भएको छ ।

काशिमा रंगशालामा खेलाइएको उक्त खेलमा अमेरिकालाइ १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो ।

खेलको निर्णायक गोल जेस्सी फ्लेमिङले गरेका थिए । बैकल्पिक खेलाडिका रुपमा मैदान प्रवेश गरेका डेन्नी रोसलाई विपक्षी टिएर्ना डभिड्सनले डि-बक्स भित्र लडाए पछि प्राप्त पेनाल्टीलाई फ्लेमिङले गोल गरेकी हुन ।

यो हारसंगै अमेरिका लगातार दोश्रो पटक फाइनल खेल गुमाउन पुगेका छन ।

क्यान्डाले संवरण पदकका लागि अष्ट्रेलिया र स्वेडेन बिचको विजेतासंग फाइनल खेल खेल्नेछ ।