ओलम्पिक छनोट : बंगलादेशसँग बराबरीका बाबजुद नेपाल दोस्रो चरणमा प्रवेश

अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दै नेपाली महिला फुटबल टोली पनि एएफसी महिला ओलम्पिक छनौटको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न समूह सी तर्फको आफ्नो अन्तिम खेलमा नेपालले कमजोर आँकिएको बंगलादेशसँग १–१ को बराबरी खेल्यो । नृेपालका लागि कप्तान निरु थापाले गोल गरीन् ।

यो बराबरी नतिजासँगै ३ खेलबाट ३ अंक जोडेको नेपाल उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा दोस्रो चरणमा प्रवेश गरेको हो । समूह सी मै रहेका भारत र आयोजक म्यानमार पनि दोस्रो चरणका लागि छनौट भएका छन् । त्यस्तै एक अंक मात्र जोडेको बंगलादेश भने बाहिरिएको छ ।

दोस्रो चरणका खेलहरु आगामी बर्ष (२०१९) को अप्रिल १ देखि ९ तारीखसम्म हुने तय भएको छ ।