ओलम्पिक छनोटकाे तयारीमा रहेको नेपाली महिला फुटबल टाेली चीनमा अभ्यासरत

Nepali players celebrate after scoring a goal against Bhutan during the Fourth Women's SAFF Championship in Siliguri of India, on Monday, December 26, 2016. Photo Courtesy: ANFA

ओलम्पिक खेलकूदका लागि छनोट खेलको तयारीमा रहेको नेपाली महिला फुटबल टाेली अहिले चीनमा अभ्यास खेलमा व्यस्त छ ।

चीन बसाईका क्रममा तीन वटा अभ्यास खेल तय भएकोमा नेपालले मंगलबार र बुधबार गरी २ वटा अभ्यास खेल खेलेको छ । पहिलो खेलमा बेइजिङ फोनिक्ससँग पराजित भएको नेपाल बुधबारको खेलमा भने विजयी भएको छ । नेपाली महिला टिमले बेइजिङ युनिभर्सिटीको महिला टिमलाई ३–० ले पराजित गरेको थियो ।

नेपालका लागि सावित्रा भण्डारी, इन्दिरा राई र दीपा न्यौपानेले एक एक गोल गरेका थिए । पहिलो हाफमा १ गोल गरेको नेपालले बाँकी दुई गोल दोस्रो हाफमा गरेको थियो ।

१६औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । यसैगरी ५५औं मिनेटमा दीपा न्यौपानेले नेपालका लागि दोस्राे गोल गर्दा ८२औं मिनेटमा इन्दिरा राईले तेस्रो गोल गरेकी थिइन् ।

नेपालले बुधबार अन्तिम अभ्यास खेलमा बेइजिङ फोनिक्ससँग प्रतिस्पर्धा गर्ने छ ।

अभ्यास खेलपछि नेपाली महिला टिम उतैबाट छनोट खेल्न म्यानमार प्रस्थान गर्ने छ । नेपालले नोभेम्बर ८ मा भारत, ११ मा घरेलु टोली म्यानमार र १३ मा बंगलादेशसँग खेल्नेछ ।