ओलम्पिक खेलका कारण तीन प्रेमियर लिग क्लबहरु बढी प्रभावित

एजेन्सी, जापनमा हुन गइरहेको आगामी ओलम्पिक प्रतियोगिताका कारण तीन प्रेमियर लिग क्लबहरु बढी प्रभावित हुने देखिएको छ। रिपोर्टका अनुसार ओलम्पिक खेलका कारण आर्सनल, म्यान्चेस्टर युनाइटेड र एभर्टन बढी प्रभावित हुने देखिएका छन्।

एभर्टनका ब्राजिलियन खेलाडी रिचार्लिसन तथा आर्सनलका ब्राजिलियन खेलाडी ग्याब्रीयल मार्टिनेलि उक्त प्रतियोगितामा आफ्नो राष्ट्रिय टोलीसित आबद्ध हुनेछन्। म्यान्चेस्टर युनाइटेडका खेलाडी अमाड् डियालो तथा एरिक बाइले भने उक्त प्रतियोगितामा आइभरी कोस्टलाई प्रतिनिधित्व गर्नेछन्। रिपोर्टका अनुसार यी खेलाडीहरुले सिजनको सुरुवाती खेलहरु गुमाउने छन्।
रिपोर्टका अनुसार खेलहरु जुलाई २३ देखि सुरु हुँदै छन् भने फुटबल प्रतियोगिता चाहिँ जुलाई २५ देखि अगस्त ७ सम्म हुनेछन्। खेलाडीहरु जापानबाट फर्के पछि पनि १० दिन कुवारन्टाइनमा बस्नु पर्ने भनिएको छ।