ओमान र हङकङको खेल रद्द भएपछि नेपाललाइ ठुलो झत्का

ओमान र हङकङ विचको खेल बर्षाका कारण रद्द भएपछि नेपालको फाइनल पुग्ने सम्भावना लगभग समाप्त भएको हो ।

प्रतियोगितामा चार खेल खेलको नेपालले सुरुवाती दुई खेलमा हार ब्यहोर्दा पछिल्ला दुई खेलमा जित निकाल्दै अंक तालिकामा ४ अंक बनाएको छ । जसमा उसले आइतबार सिंगापुरलाई ४ विकेटले हराएको थियो । यता नेपालका लागि महत्वपुर्ण मानिएको ओमान र हङकङ विचको खेल बर्षाका कारण रद्द भएपछि दुबैले अंक बाढे । जुन नेपालका लागि घाटा बन्यो ।

आज यदि हङकङले ओमानलाई हराएको खण्डमा नेपालले अन्तिम खेलमा हङकङलाई भारी अन्तरले हराउनु र युएईपनि ओमानसँग पराजित भएमा नेपालको फाइनल पुग्ने सम्भावना थियो । तर अब नेपालले अन्तिम खेलमा हङकङलाई हराएर मात्र नपुग्ने भएको छ ।

अंक तालिकामा ओमानको चार खेलबाट ७ अंक भएको छ भने युएईको ६ र हङकङको पाँच अंक छ ।

मलेसियाको मौसमले मंगलबार पनि बर्षा हुने देखाएको छ । त्यसमा पनि युएईको रनरेट १.५८३ रहेको भने नेपालको ०.१७६ रहेको छ ।