ओडेगार्ड दिएर आर्सनलका मिडफिल्डर साइन गर्न रियल म्याड्रिड इच्छुक

रियल म्याड्रिड आर्सनलका मिडफिल्डर एमिल स्मिथ रोउलाई साइन गर्न इच्छुक रहेको जानकारी छ। द डेली मेलका अनुसार ला लिगा जायन्ट्स एमिल स्मिथ रोलाई साइन गर्न इच्छुक रहेको छ र उनलाई साइन गर्न रियलले आफ्नो स्टार खेलाडी ओडेगार्डलाई प्रयोग गर्न सक्ने चर्चा छ।

ओडेगार्डले हालै अन्त्य भएको सिजन आर्सनल सँग लोनमा बिताए र उनको राम्रो खेल रहेको थियो भने आर्सनल उनलाई स्थायी रुपमा साइन गर्न इच्छुक रहेको खबर छ भने ओडेगार्ड पनि आर्सनलमा रहन खुल्ला हुने चर्चा हुँदा रियलले उनको लागि आर्सनलको मिडफिल्डर माग्ने खबर छ।

हाल आर्सनल र ओडेगार्ड बिचको लोन सम्झौता अन्त्य भएको छ र उनलाई साइन गर्ने आर्सनलको प्राथमिकता रहेको कुरा हुँदा रियलले उनको लागि £३५ मिलियन खबर थियो तर हाल रियल आर्सनलका मिडफिल्डर सँग ओडेगार्ड साट्न इच्छुक रहेको जानकारी छ।

हाल आर्सनल एमिल स्मिथ रोसँग नयाँ सम्झौताको लागि वार्तामा रहेको छ। एमिल स्मिथ रोउको खेल पनि आर्सनलमा निकै राम्रो रहेको छ।