ओडेगार्डले चोट बोके पछि आर्सनललाई झटका

एजेन्सी, आर्सनललाई ओडेगार्डको चोटले अर्को झट्टका परेको छ। नर्वेको लागि बिश्व कप छनौट अन्तर्गत समूह चरणका खेलमा चोट बोकेको हो।

रियल म्याड्रिडबाट लोनमा आर्सनल पुगेका ओडेगार्ड गिब्राल्टारसंग खुट्टामा चोट बोके पछि पहिलो हाफमा मैदान छाड्न बाध्य भए।

ओडेगार्डले नर्वेका लागि पहिलो पल्ट कप्तानी सहमालेका थिए।

उक्त घटनामा उन्को सन्तुलन नभएर चोट लागेको थियो। उन्ले गिब्राल्टारका खेलाडिलाई छालाउने क्रममा आफ्नै खुट्टामा चोट बोकेका हुन।

उनी आर्सनलमा प्रवेश गरेसंगै उनी आफुलाइ क्लबको महत्वोपुर्ण खेलाडिका रुपमा स्थापित गरेका छन।