ओजीसी नाइसका युवा स्टार साइन गर्न पिएसजी र लिभरपूल कडा प्रतिस्पर्धामा

पिएसजी र लिभरपूल नाइसका सुपरकिड पेड्रो ब्राजाओ को लागी कडा प्रतिस्पर्धामा रहेका छन्।

१७ बर्षेका पेड्रो यस सिजन नाइसको सुरूवाती टोलीमा पर्न सफल भएका छन् र उक्त खेलाडीले दुबै यूरोपीयन क्लबको ध्यान आकर्षित गरेका छन्।

फुट मर्काटोको अनुसार लिभरपुल र पिएसजीले नाइसलाई पेड्रो ब्राजाओको मूल्य सोधेका छन् ,उनको नाइस संग २०२२ सम्म सम्झौता रहेको छ।

दुई क्लबहरू पनि उक्त युवा स्टारको व्यवस्थापन टोलीसँग सम्पर्कमा छन्।

निर्णय अब नाइसको हातमा रहेको छ कि पेड्रो ब्राजाओलाई बेच्ने वा उनलाई क्लबमा राख्न नयाँ सम्झौता दिने।