ओजिल र कोलासिनाच प्रशिक्षण मा फिर्ता

मोसिट ओजिल र सिड कोलासिनाच खेल्नका लागि तयार रहेको आर्सनलका प्रशिक्षक उनाई इमरीले बताएका छन् ।

प्रशिक्षक इमरीले शनिबार राति हुने वर्नलीविरुद्धको खेलको लागि दुवै खेलाडीले खेल्ने बताएका छन् । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युक्यासलविरुद्ध खेलेको पहिलो खेलमा भने ओजिल र कोलासिनाचले खेलेका थिएनन् ।

दवै खेलाडीले अभ्यासमा फर्किएका हुन् । यसअघि यी दुवै खेलाडी सुरक्षाका कारण उपस्थित थिएनन् ।

‘यो हाम्रो लागि खुशीको कुरा हो । किनकि यी दुवै खेलाडी हाम्रा राम्रा खेलाडी हुन्’, प्रशिक्षक इमरीले भने ।