ओजिल र कोलासिनाचले सिजनको पहिलो खेल गुमाउने

आर्सनलका मिडफिल्डर मेसुट ओजिल र डिफेन्डर सिड कोलासिनाचले इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको पहिलो खेल गुमाउने भएका छन् ।

आर्सनलले आइतबार न्युकासलसँग उसको घरेलु मैदान एसटी जेम्स पार्कमा नेपाली समयअनुसार साँज ०६:४५ मा प्रतिस्पर्धा गर्दैछ । उक्त खेलका लागि मुख्य प्रशिक्षक युनाई इम्रीको प्लेयिङ्ग ११ मा मिडफिल्डर ओजिल र डिफेन्डर कोलासिनाच अटाएका छैनन् ।

यता आर्सनलले दुई साताअघि वेस्ट लण्डनमा लुटेराको आक्रमणमा परेका दुवै खेलाडी पूर्ण रुपमा खेल्न तयार नभएको कारण टिममा नराखिएको बताएको छ । यस्तै आर्सनलले उनीहरु परिवारसँग रहेको र सामान्य अवस्थामा फर्किएपछि दुवै खेलाडी टिममा सामेल हुने पनि जनाएको छ ।

-नेपालि पात्र