ए सी मिलान अर्को सिजन युरोपेअन प्रतियोगिता खेल्नेबाट प्रतिबन्धित- कारण येस्तो छ

ए सी मिलान र युइएफए बीच समझौता भए संगै ए सी मिलानले अर्को सिजन युरोपा लिग खेल्नबाट प्रतिबन्ध स्वीकार गरेको छ। आर्थिक फेयर प्लेको नियमको बमोजिम ए सी मिलान अर्को सिजन युरोपेअन प्रतियोगिता खेल्नेबाट प्रतिबन्धित भएको हो।

इटालियन लिगको ५औ स्थान हात परेर युरोपा लिगमा क्वालीफाइ भएको ए सी मिलानलाइ युइएफएले अनुमति दिइएको भन्दा बढी घाटा क्लबमा भएको पाए पछि अर्को सिजन युरोपेअन प्रतियोगिता खेल्नेबाट प्रतिबन्धित गरेको हो। प्रतिबंध पछि मिलानको ठाउँ ए अस रोमाले लिने भएको छ, जो लिगको ६औ स्थानमा रहेको थियो।

मिलानलाइ सन् २०१५ र २०१७को बीचमा आय भन्दा बढी खर्च गरेकोमा युइएफएले प्रतिबन्ध गर्न खोजेको थियो तर मिलानको निवेदन उक्त प्रतिबन्ध खारेज भएको थियो।