ए सी मिलानका खेलाडीले युभेका खेलाडीलाई यस्तो कुंग फू किक हाने पछि (VIDEO)

युभेन्टस र ए सी मिलान बीच भएको खेलमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मिस गरे भने र मिलानका एन्टे रेबिकले कुंग फू देखाए पछि रातो कार्ड पाए।

युभेन्टस र एसी मिलानले कोपा इटालिया दोस्रो लेगको खेल खेलेको थियो जस्मा बराबरीको नतिजा भए पनि युभे फाइनल पुगेको छ, खेलमा गोल नभए पनि अरु धेरै कुराले चर्चा पायो जस्मा रेबिकले कुंग फू किक पनि रहेको छ।

खेलमा मिलानको खेलाडीको हातमा बललागे पछि रोनाल्डोले पेनाल्टी पाए जस्लाई मिलानका गोलकिपरले बचाए र यसको केहि समय पछि खेलमा अर्को रोचक कुरा भयो मिलानका एन्टे रेबिकले आफ्नो खुट्टाले युभेका डानीलोको छातीमा हान्न पुगे ।

क्रोएशियन फारवर्डलाई सुरूमा पहेलो कार्ड दिएको थियो तर भीएआरको हस्तक्षेप पछि उनले रातो कार्ड पाए।