ए.पी.एफ प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा

हाल चलिरहेको एक दिवसिय पि.एम कपमा लगातार तीन खेल जित्दै ए.पी.एफ टिम सेमिफाइनलमा प्रवेश गरेको छ । गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै अर्को चरण पक्का गरेको हो ।

ए.पी.एफले गण्डकी प्रदेशबाट मात्र १२६ रनको लक्ष्य पाएको थियो।  लक्ष्य पछ्एको ए.पी.एफले २३ ओभर खेलेेर ४ विकेट गुमाएर पूरा गरेको हो। ६ विकेट जितमा शरद भेषाकरले उत्कृष्ट खेेलेका थिए।

उनले ५४ बलमा ४ चौका हानेर ३५ रन बनाए। तथा २ विकेट लिन सफल भए ।