ए डिभिजन लिग : हिमालयन शेर्पाको मच्छिन्द्र माथी जित

ए डिभिजन लिगमा बुधबार सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबले मच्छिन्द्र एफसीलाई झिनो अन्तरले हराएको छ ।
जारी लिगमा लगातार तेस्रो जित हात पार्ने क्रममा शेर्पाले मच्छिन्द्रलाई शून्यका विरुद्ध २ गोलले हरायो । एन्फा कम्प्लेकस सातदोबाटोमा सम्पन्न खेलको पहिलो हाफतर्फ २१ औं मिनटमा शेर्पाका डिफेन्डर आशिष गुरुङले बिपक्षीको बक्स भित्रबाट पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको ८९ औं मिनटमा कर्ण लिम्बुले दोस्रो गोल गर्दै शेर्पाको जित पक्का गरे ।

यो गोलसँगै जारी लिगमा कर्ण लिम्बुको गोल संख्या तीन पुगेको छ । साथै सर्वाधिक गोलकर्ताको सूचीमा कर्णले टेक बुढाथोकी, सन्तोष तामाङ, आफिज ओलावाले र अन्जन बिष्टसँगै शिर्ष स्थानमा उक्लिएका छन् ।

यो जितसँगै ४ खेलबाट १० अंक जोडेको शेर्पाले रुस्लान थ्रीस्टार क्लबलाई पछि पार्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।