‘ए’ डिभिजन लिग: ललितपुर डर्बीमा थ्री स्टारको जित

रुस्लान थ्री स्टार क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहिबार भएको खेलमा थ्री स्टारले एनआईबीएल फ्रेन्ड्स क्लबलाई २ – १ ले पराजित गर्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारलाई जित दिलाउन रन्जन बिष्ट र बुद्ध राज लिम्बुले एक एक गोल गरे । फ्रेन्ड्सका विकास लामाले एक गोल फर्काए ।

पहिलो हाफको १७ औं मिनेटमा रन्जनले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ८३ औं मिनेटमा बुद्धले गोल गर्दै थ्री स्टारलाई २ – ० को अग्रता दिलाए । खेलको इन्जरी समयमा फ्रेन्ड्सका विकासले एक गोल फर्काएपनि थ्री स्तर २ – १ ले बिजयी भयो ।

जितसंगै थ्री स्टारले महत्वपूर्ण ३ अंक जोडेको छ । फ्रेन्ड्सले हारबाट लिगको सुरुवात गरेको छ ।