ए डिभिजन लिग : मनाङ र एनआरटी आज भिड्दै

सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणका खेलहरु आज सुरु हुँदैछन् । पहिलो खेलमा उपाधि दाबेदार मानिएको मनाङले न्युरोड टिम एनआरटीको सामना गर्दैछ । विहान ११ बजे हुने खेल शसस्त्र प्रहरी बलको मैदान हलचोकमा हुनेछ ।
पहिलो चरणको खेलमा मनाङले व्रिगेड ब्वाइजलाई ३–१ ले पराजित गरेको थियो ।

एनआरटीले आर्मीसँग २–२ गोलको बराबरी खेलको थियो । मनाङलाई मिडफिल्डर सुजल श्रेष्ठको अनुपस्थितिले पिरोलेको छ । हातमा चोट बोकेका सुजल कम्तिमा ३ साता मैदान बाहिर रहने छन् । तर मनाङलाई अर्काे मिडफिल्डर प्रकाश बुढाथोकीको आगमनले राहत दिएको छ ।

राष्ट्रिय टिमका खेलाडीको भरिएको मनाङको कप्तानी विराज महर्जनले गर्नेछन् । अग्रपंक्तिका ओलावले आफिजको प्रर्दशनले नतिजाले फेरबदल ल्याउन सक्नेछ । व्रिगेड ब्वाइजसँग १–० ले पछि परेको स्थितिमा उनी अफिजको २ गोलले मनाङले उत्कृष्ट पुनरागमन गर्न सफल भएको थियो ।

यता, न्युरोड टिम पनि मनाङलाई समस्यामा पार्ने दाउमा छ । उपाधि दाबेदार आर्मीलाई पहिलो खेलमा बराबरीमा रोकेको एनआरटीलाई उमेर समुहका खेलाडीको राम्रो साथ छ । प्रशिक्षक महेश्वर मुल्मीले मनाङविरुद्व उत्रदाँ आर्मीलाई जस्तै दुख दिने बताईसकेका छन् ।

‘सुरुवाती खेलमा जसरी मैदान उत्रन्छौ । हाम्रो लक्ष्य मनाङलाई पराजित गर्न हुनेछ ।’ उनले बताए ।