ए डिभिजन लिग मंसिर १ बाट सुचारु हुने, खेल तालिका कहिले सार्वजनीक हुन्छ?

चार्ड पर्वका कारण स्थगित गरिएको ए डिभिजन लिगका मंसिर १ गतेबाट सुचारु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले तिहार सकिए लगत्तै स्थगित अवस्थामा रहेको ए डिभिजन लिग सुचारु गर्ने निर्णय गरेको हो ।

एन्फाले आईतबार (भोली) लिगको नयाँ खेल तालिका सार्वजनीक गर्ने तयारी गरेको छ । खेल तालिकामा मिति र समयमात्र नयाँ हुनेछ ।

‘मंसिर १ गतेबाट लिग गर्ने निर्णय गरियो । खेल तालिका भोली सार्वजनीक हुन्छ ।’ लिग निर्देशक सञ्जिव मिश्रले भने ।

पहिलो चरणको खेल लगत्तै लिग स्थगित भएको थियो । बंगलादेशमा भएको बंगबन्धु गोल्डकपले समेत लिगको पहिलो चरणको खेललाई प्रभावित पारेको थियो ।