‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइजको एपीएफ माथी उत्कृष्ट जित

ब्रिगेड ब्वाइज क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा १० खेलाडीमा सिमित एपीएफ क्लबलाई ३ – १ गोल अन्तरले पराजित गर्दै ब्रिगेडले पहिलो जित निकालेको हो ।

एपीएफलाई हराएसंगै ब्रिगेडले तीन खेलपछि ३ अंक जोडेको छ । ब्रिगेडले अघिल्ला दुई खेलमा पराजय व्यहोरेको थियो ।
यता, एपीएफको भने यो पहिलो हार हो । एपीएफले पहिलो खेलमा बराबरी र दोस्रो खेलमा जित निकालेको थियो । एपीएफको ३ खेलबाट ४ अंक छ ।