ए डिभिजन लिग: पहिलो खेलमा मच्छिन्द्र क्लबको सहज जित

कतार एयर्वेज ए डिभिजन लिगको सुरुवाती खेलमा मच्छिन्द्र क्लबले ब्रिगेड ब्वाइज क्लबमाथी २-० को जित हात पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटो स्थित भएको खेलमा मछिन्द्रले २९ औं मिनेटमा योगेश गुरुङको गोलबाट अग्रता लिएको हो ।

खेलको ५० औं मिनेटमा दिपक राईले गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाएका हुन् । दिपकले तीन डिफेन्डरलाई छलाउदै गोल गरेका थिए ।

जितसंगै मच्छिन्द्र क्लबले पहिलो खेलमा ३ अंक जोड्न सफल भएको छ ।