ए डिभिजन लिग कार्तिक अन्तिम साताबाट सुरु हुने

काठमाडौं, अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज ३ गतेबाट गर्ने भनिएको ए डिभिजन लिग कात्तिक २९ गते गर्ने भएको छ । आइतबार एन्फाले बिज्ञप्ति निकाल्दै कात्तिक २९ गतेबाट गर्ने जानकारी दिएको हो ।

ए डिभिजन क्लबहरुसंग एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको बैठकमा सबै क्लबले कात्तिक २९ गते गर्न राजी भएको हो ।

असोज ३ गते गर्ने भनिए पनि साफ च्याम्पियनसिप सरेको कारण एन्फाले लिग सारिएको हो ।

त्येस्तै, एन्फाले पुरस्कार राशीमा वृद्धि गरेको छ । गत सिजनको लिग विजेतालाइ ५० लाख दिएको थियो भने यसपाली लिग विजेताले ७५ लाख पुरस्कर प्राप्त गर्ने भएको छ ।

यस्तै, दोश्रो हुनेले ५० लाख र तेश्रो हुनेले २५ लाख प्राप्त गर्ने छ ।