‘ए’ डिभिजन लिग: अन्तिम मिनेटमा गोल गर्दै आर्मी एनआरटी संग बराबरीमा रोक्यो

‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा उपाधि दाबेदार टिम त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । शनिबार भएको उद्घाटन खेलमा आर्मी एनआरटीसंग २ – २ गोलको बराबरीमा रोकिएको हो ।

सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा एनआरटीका लागि रोजित पुडासैनी र राजेश परियारले एक एक गोल गरे । आर्मीका सन्तोस तामाङले दुवै गोल गरे ।

लिग अन्तर्गत आइतबार संकटा क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ ।