ए डिभिजन लिग: अन्तिम मिनेटमा गोल गर्दै संकटा पहिलो खेल जित्न सफल

थप समयमा संकटाका लक्ष्मण रुचालले गोल गरेपछि संकटाले सरस्वती युथ क्लबलाई १-० ले हराएको छ । सातदोबाटोस्थित एन्फाको एस्ट्रो टर्फमा भएको खेलको दुवै टोलीले गोलको खाता खोल्ने प्रयास गरेपनि सफल भने भएका छैनन् ।

झन्डै पाँच वर्षपछि ए डिभिजन लिग शनिबार सुरु भएको थियो । पहिलो दिन एनआरटी क्लब र त्रिभुवन आर्मी क्लबले २–२ को बराबरीमा टुंगिएको थियो । यद्दपी पहिलो दिनको खेल विवादरहित हुन सकेन । खेलको अन्त्यतिर रेफ्री सुदिश पाण्डेको निर्णय विवादित बनेको थियो ।