कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा भोलि र पर्सि हुने तय भएको खेल दुई दिन सरेको छ ।
खराब मौसमका कारण एन्फाले लिग दुई दिन सर्ने तय गरेको हो ।
एन्फाले रंगशालामा जनवरी एक तारिखमा भिजिट नेपालकाे उद्घाटन भएकाे थियाे । जसका कारण मैदानमा खाल्डा बनाइएकाे र मैदान सफा गर्नुपर्ने भएकाे छ । यसका साथै बर्षा भएपछि खेल्ने याेग्य नहुने देखिएपछि एन्फाले २ दिनका खेल रद्द गरेकाे हाे ।
लिगको पाँचौं चरणका खेल शनिबार सुरु हुन लागेको हो । जसमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लब तथा एनआरटी र जावलाखेलबीच खेल हुने तालिका थियो ।
यस्तै आइतबार हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीच खेल हुने तय भएको थियो ।
पाँचौं चरणका खेल दशरथ रंगशालामा हुनेछन ।