ए डिभिजन लिगमा जुमानुको उत्कृष्ट ह्याट्रिक

ए डिभिजन लिग अन्तर्गत बिहीबार बिहान भएको खेलमा नेपाल पुलिसका जुमानु राईले फ्रेन्ड्स क्लबविरुद्ध ह्याट्रिक गरेपछि पुलिसले सहज जित हात पारको छ ।

लिगको अन्तिम चरणको बिहीबार बिहान भएको खेलमा पुलिस क्लबले फेन्ड्स क्लबविरुद्ध ३–० को नतिजा निकालेको हो । पुलिसका लागि खेलको जुमानु राईले ४९ औं, ५६ औं र ८५ औं मिनेटमा गोल गरेका थिए ।

उनको गोलमा पुलिसले खेललाई एकपक्षीय बनाएको थियो ।यस जितसँगै पुलिस २० अंकसहित अंक तालिकाको पाँचौं स्थान उक्लिएको छ ।

यस खेलमा जुमानु राई ‘म्यानअफ द म्याच’ घोषित भए ।

@Kantipur