ए डिभिजन लिगः राष्ट्रिय टिमका खेलाडीहरु कुन कुन क्लब बाट खेल्छ ?

असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ए डिभिजन लिगका लागि अधिकांस क्लबले खेलाडी दर्ता गरेका छन् । केही क्लबले भने एक–दुई दिनको समय मागेका छन् ।

लिगमा सहभागि १४ टिममध्ये ६ क्लबले मात्र राष्ट्रिय टिमका खेलाडी अनुबन्ध गर्न सफल भएका छन् । मनाङ मस्र्याङ्दी क्लबले राष्ट्रिय टिमका सबैभन्दा धेरै पाँच खेलाडी अनुबन्ध गरेको छ । मिडफिल्डर सुजल श्रेष्ठ, अञ्जन विष्ट, विशाल राई, हेमन गुरुङ र डिफेन्डर विराज महर्जन मनाङमा आबद्ध भएका छन् ।

त्रिभूवन आर्मी क्लब र थ्रीस्टारले राष्ट्रिय टिमका चार चार खेलाडी बाँढेका छन् । आर्मीबाट गोलकिपर विकेश कुथु, डिफेन्डर सुमन अर्याल तथा फरवार्डहरु भरत खवास र नवयुग श्रेष्ठले ए डिभिजन लिग खेल्नेछन् ।