ए डिभिजनको उपाधि मछिन्द्रलाई

शहिद स्मारक ए डिभिजन लिगको २०७६ को उपाधि मछिन्द्र क्बले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले आर्मीलाई १-० गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

खेलको ३४ औँ मिनेटमा मछिन्द्रका रञ्जित धिमालको फ्री किकमा आर्मीका डिफेन्डर विकास तामाङले आफ्नै पोष्टमा गोल गरेका थिए ।

मछिन्द्रले ३१ अंक जोड्यो भने आर्मी २९ अंकमा सीमित भयो ।