एस्टन भिल्लाविरुद्ध युनाईटेडको पुरागमन जित

एजेन्सी, प्रिमियर लिग अन्तर्गत भर्खर सम्पन्न भएको खेलमा दश खेलाडीमा समेतेका एस्टन भिल्ला र म्यान्चेस्टर युनाईटेडको खेलमा युनाईटेड विजय भएको छ। एस्टन भिल्लाले अग्रता जोगाउन नसक्दा हार बेहोर्न परेको हो।

युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेज र ग्रिन्वुडले गोल गरे। सुरुवती अग्रता भने भिल्लाले लिएक थिए। खेलको २३ औं मिनेटमा त्राओरेले गोल गर्दै अग्रता दिलाए।

युनाईटेडका लागि बराबरि खेलको ५१ औं मिनेटमा गोल फर्नाडेजले गरे। डुग्लस लुइजले पोग्बालाई डि बकस भित्र लडाए पछि पाएको पेनाल्टीलाइ फर्नान्डेजले गोलमा परिणत गर्दै नतिजा १-१ गोलको अवस्थामा ल्याए।

त्यस्को पाँच मिनेट पनि नबित्दै युनाईटेडका लागि ग्रिन्वडले अग्रता दिलाए। आरन वान बिसाकाको पासमा उत्कृष्ट गोल गर्दै उन्ले खेल २-१ गोलको अवस्थामा पुराए।

खेलको ८६ औं मिनेटमा राश्फोर्डको पासमा काभानीले हेडर गोल गर्दै ३-१ गोलको नतिजामा ल्याउदै जित सुनिश्चित पारे।

यो जित पछि युनाईटेडको ७० अंक जोडेको छ। एस्टन भिल्लाको भने ४८ अंक रहेको छ।