एस्टन भिल्लालाई उपाधी दिलाउन चाहन्छु – एमेरी

एजेन्सी । एस्टन भिल्लाका नयाँ प्रशिक्षक युनाई एमेरी क्लबलाई उपाधी जिताउने योजना रहेको बताएका छन् । शुक्रबार प्रि म्याच प्रेस कोन्फ्रेन्समा एमेरीले एस्टन भिल्लालाई आफ्नो कार्यकालमा एउटा उपाधी दिलाउने बताएका हुन् ।

युनाईले भिल्लाको मुख्य प्रशिक्षकका रुपमा आफ्नो पहिलो प्रतिद्वन्दी आइतबार म्यान्चेस्टर युनाईटेडसंग खेल्दैछ ।

उनको यो इंग्ल्याण्डमा दोस्रो कार्यकाल हो । यसअघि, एमेरी आर्सनलका मुख्य प्रशिक्षक रहेका थिए ।

युनाईको नेतृत्वमा आर्सनल २०१९ मा युरोपा लिगको फाइनल खेलेका थिए । तर, फाइनलमा चेल्सीसंग पराजित भएको थियो ।

त्यस्तै, २०१९ नोभेम्बरमा आर्सनलको खराब प्रदशन रहे पछि उनलाई बर्खास्त गरिएको थियो ।