एस्टन भिल्लाबिरुद्ध लिभरपुलको लज्जास्पद हार

एस्टन भिल्लाबिरुद्ध लिभरपुलले लज्जास्पद हार बेहोर्दै काराबाओ कपको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

भिल्ला पार्कमा मंगलबार राति भएको खेलमा दोस्रो रोजाईको खेलाडीलाई मैदानमा उतारेको लिभरपुल एस्टन भिल्लासँग ५–० ले पराजित भएको हो ।

लिभरपुलको शीर्ष टोली भने क्लब विश्वकपको तयारीमा रहेको छ । भिल्लाको फराकिलो जितमा जोनाथन कोदजियाले दुई तथा कोनोर र वेस्लीले गोल गरे । एक गोल उपहार पाएको थियो ।

एकपक्षीय बनेको खेलमा भिल्लाले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा भिल्लाले एक गोल थप्न सफल भयो । १४औं मिनेटमा कोनोरको गोलबाट भिल्लाले खेलमा अग्रता बनाएको थियो । १७औं मिनेटमा मोर्गान बोयसको आत्मघाती गोलबाट भिल्लाले अग्रता दोब्बर बनायो ।

३७औं र ४५औं मिनेटमा जोनाथनले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा ४–० ले अघि बढाए । ९०औं मिनेटमा वेस्लीले गोल गर्दै एस्टन भिल्लालाई ५–० को फराकिलो जित दिलाए ।