प्रिमियर लिगमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई उसकै होममा १-०ले पराजित गरे पछि हाल उक्त खेलको धेरै चर्चा हुँदै गरेको छ भने खेलमा भएको एक अनौठो दृश्यको हाल उक्त खेलको भन्दा धेरै चर्चा हुँदै गरेको छ र उक्त घटनामा फुटबलका सुपरस्टार रोनाल्डो र एस्टन भिल्लाका अर्जेन्टाइन गोलकिपर एमिलियानो मार्टिनेज संलग्न रहेका छन्।
Aston Villa goalkeeper Emiliano ‘Dibu’ Martinez desperately wanted Cristiano Ronaldo to take the stoppage time penalty kick 😵💫
Ronaldo should had listened…@AVFCOfficial walks away with the 1-0 win over Manchester United. #PremierLeague #AstonVilla pic.twitter.com/UGImwSGlOR
— Jose Mesa Corrales (@JmesaSports) September 25, 2021
शनिवार भएको प्रिमियर लिग खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई १-०ले पराजित गरेको हो तर खेललाई बराबरीमा लग्न युनाइटेडले अन्तिम समय निकै राम्रो मौका पाएको थियो।
खेलको ९० औँ मिनेटमा युनाइटेडले पेनाल्टी पाएको थियो र उक्त पेनाल्टी प्रहार गर्न युनाइटेडका स्टार ब्रुनो फर्नांडीस अगाडी बढेका थिए तर एस्टन भिल्लाका अर्जेन्टाइन गोलकिपर एमिलियानो मार्टिनेजले रोनाल्डोलाई उक्त पेनाल्टी प्रहार गर्न चुनौती दिए।
Emiliano Martinez to Ronaldo: Come on, you take penalty ! 🤣🤣 pic.twitter.com/ILuHGjj4gu
— Messi Goat🐐 🇦🇷 (@messi30Goat_) September 25, 2021
पेनाल्टी हान्न ब्रुनो अगाडी बढे पनि एस्टन भिल्लाका गोलकीपरले रोनाल्डोलाई पेनाल्टी हान्न चुनौती दिन जारी रहे भने उनलाई रोनाल्डोबाट टाढा लग्न युनाइटेडका अन्य खेलाडीहरूले प्रयास गरे र अन्त्यमा ब्रुनोले नै उक्त पेनाल्टी प्रहार गरे तर उनले उक्त पेनाल्टी पोस्ट भन्दा बाहिर प्रहार गरे जसको कारण युनाइटेड हार्न पुगे।
एस्टन भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेज ‘माइन्ड गेम’ प्रयोग गर्ने खेलाडी भनेर परिचित छन् भने उनले धेरै पटक पेनाल्टीको समय विपक्षी खेलाडी सँग बोलेका छन् भने हाल पनि ब्रुनोलाई दबाब दिन उनले उक्त कार्य गरेको धेरैको विश्वास छ भने हाल सो समयको भिडियो भाइरल हुँदै गरेको छ।
@emimartinezz1 begging @Cristiano to take the pen. Im dead 🤣#AstonVilla pic.twitter.com/6z3I5wqy1q
— Raafi (@Raafi619) September 25, 2021
एस्टन भिल्लालाई जित दिलाउन कोर्टनी हौजले ८८ औँ मिनेटमा गोल गरे भने अन्तिम समयमा युनाइटेडले पेनाल्टी पाए पनि उक्त पेनाल्टीलाई गोलमा रूपान्तरण गर्न ब्रुनो असफल रहे।