एस्टन भिला म्यान्चेस्टर युनाइटेडका डिफेन्डर भित्र्याउन सफल

एजेन्सी, इङलिस क्लब एस्टन भिला अर्का इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका डिफेन्डर एक्सल टुवान्ज्बी भित्र्याउन सफल भएका छन्। रिपोर्टका अनुसार २३ वर्षका डिफेन्डर टुवान्ज्बी २०२२ सम्मका लागि लोनमा एस्टन भिलामा अनुबन्धित भएका हुन्।

युनाइटेडले स्पेनिश क्लब रियल मड्रिडका डिफेन्डर राफायल भरान भित्र्याउन लागेकाले टुवान्ज्बीले पर्याप्त खेल समय पाउने सम्भावना झन् न्यून देखिएको थियो। युनाइटेडको टोलिमा ह्यारी मग्वायर, एरिक बाई र भिगटर लिन्डेलोफ जस्ता डिफेनडरहरु पनि छन्।
२३ वर्षका डिफेन्डर टुवान्ज्बीले यस अघि पनि लोनमा एस्टन भिलाका लागि खेली सकेका छन्। एस्टन भिलाका लागि उनले ३५ खेल खेली सकेका छन् भने म्यान्चेस्टर युनाइटेडका लागि उनले ३७ खेल खेली सकेका छन्। उनी म्यान्चेस्टर युनाइटेडका एकेडेमीका उत्पादन हुन्।