एसेज सिरिज सुरु, पूर्व कप्तान स्मिथको उत्कृष्ट प्रदर्शन

अस्ट्रलियाका पूर्व कप्तान स्टिभ स्मिथले १४४ रन प्रहार गरेपछि एसेज सिरिज अन्तर्गत इंग्ल्याण्डविरुद्धको पहिलो टेष्टको पहिलो पारीमा अष्ट्रेलियाले २८४ रन बनाएको छ। 

बल टेम्परिङ प्रकरणमा मुछिएर एक वर्ष प्रतिबन्ध झेलेर टिममा पुर्न फर्किएरका उनले पहिलो टेष्ट खेलमै उत्कृष्ट प्रदर्शन गरे। 

बर्मिङघमको एनबास्टोन रंगशालामा अस्ट्रलियाका कप्तान टिम पाइनेले टस जितेर पहिले ब्याटिङ रोजेका थिए।

पहिलो पारीः

क्यामरुन बेनक्रफ्ट – ८ रन
डेभिड वार्नर – २ रन
उस्मान ख्वाजा- १२ रन
स्मिथ- १४४ रन
हेड- ३५ रन
म्याथ्यु वेड- १ रन
टिम पाइने- ५ रन
जेम्स प्याटिन्सन – ० रन
प्याट कुमिन्स – ५ रन
सिडलले- ४४ रन
ल्योन- १२ रन

इंग्ल्याण्डको लागि ब्रोडले ५ विकेट तथा क्रिश वोक्सले ३ विकेट लिए। त्यस्तै बेन स्टोक्स र मोइन अलीले १-१ विकेट लिए।