एसेज सिरिजमा इंग्ल्याण्डको राम्रो सुरुवात

एसेज सिरिजमा इंग्ल्याण्डले मजबुत सुरुवात गरेको छ। पहिलो दिन २८४ रनमा अस्ट्रेलियालाई समेटेर पहिलो पारी सुरु गरेको इंग्ल्याण्डले अहिलेसम्म २६७ रन बनाउँदा ४ विकेट गुमाएको छ।

दोस्रो दिनको खेल सकिँदा इंग्ल्याण्ड १७ अंकले पछि परेको छ। इंग्ल्याण्डका रोरी ब्रुन्स १२५ तथा बेन स्टोक्स ३८ रन बनाएर खेलिरहेका छन्। इंग्ल्याण्डका ओपनर ब्याट्सम्यान जोसन रोय १० रन बनाएर आउट भएका थिए।

तर दोस्रो विकेटका लागि जो रुट र रोरीले १३२ रनको साझेदारी गरेका थिए । रुट ५७ रन बनाएर पेभेलियन फर्किए । यस्तै जोय डेन्ली १८ तथा जोस बट्लर ५ रनमा आउट भएका थिए।

रोरी र बेन स्टोक्सले पाँचौँ विकेटका लागि अहिलेसम्म ७३ रनको साझेदारी गरेका छन् । अस्ट्रेलियाका लागि जेम्स पेटिन्सनले २ तथा पेट कम्युन र पिटर सिडलले एक–एक विकेट हात पारेका छन्।