एसी मिलान जान इच्छुक थिए रोनाल्डो

पुर्व एसी मिलान प्रमुख कार्यकारी मार्को फासोनले दाबी गरे कि युभेन्टस आउनु अगाडी रोनाल्डो एसी मिलान बाट खेल्न इच्छुक थिए। रोनाल्डो रियल म्याड्रिड बाट £१०२ मिलियनमा युभेन्टस आए तर खुलेको छ उनलाई साइन गर्न खोज्ने युभेन्टस मात्र नभएर युभेन्टसका चिर प्रतिद्वन्द्वी एसी मिलान पनि रहेको थियो।

मार्को फासोनले दाबी गरे कि एसी मिलानका अध्यक्ष पनि रोनाल्डो साइन गर्न चाहान्थे।

“रोनाल्डो अवसरको मूल्याङ्कन गर्दै थिए, एसी मिलानको प्रस्तावमा उनले चासो देखाएका थिए”

“तर हामी यो प्रक्रिया भन्दा माथि गएनौ, र उनि युभेन्टसमा गए”