एसी मिलानलाई हराउदै युभेन्ट्स फाइनलमा

युभेन्ट्स कोपा ईटालिया फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

अवे गोलका आधारमा एसी मिलानलाई हराउँदै युभेन्ट्स कोपा ईटालियाको फाईनल प्रवेश गरेको हो ।

टूरिनमा भएको दोस्रो लेगको खेल गोल रहित बराबरीमा सकिएपछि अवे गोलका आधारमा युभेन्ट्स अघि बढ्यो । मिलान शहरमा फेब्रुअरी १३ मा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

साे खेलमा दोस्रो हाफको ईन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाएका थिए । १३ पटकको च्याम्पियन युभेन्ट्सले बन्द रंगशालामा भएको सेमिफाईनलको दोस्रो लेगमा कुनै गोल गर्न सकेन । क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्सले सुरुवातमै अग्रता लिने अवसर गुमाएको थियो ।

आन्टी रिबिकको ह्यान्ड बलमा युभेन्ट्सले खेलमा पेनाल्टीको अवसर पाएको थियो । १६ औ मिनेटमा क्रोएसियाका फरवार्ड रिबिकले पुन युभेन्ट्सका ड्यानिलोलाई फल गरेपछि रातो कार्ड खादै मैदान छाडेका थिए ।

युभेन्ट्सका प्रशिक्षक सर्रीले बुधबार रोममा हुने फाईनलमा ईन्टर मिलान वा नापोलीसंग प्रतिस्पर्धा गर्नेछन् । पहिलो खेलको खेलमा नापोलीले १–० को अग्रता लिएको छ ।

शनिबार दोस्रो लेगको खेल हुदैछ । सिरि ए फुटबलमा एसी मिलान शीर्ष स्थानको युभेन्ट्स भन्दा २७ अंकले पछाडी रहको छ । चोटका कारण ज्लाटन ईब्राहिमोविचले मिलानबाट खेल गुमाएका थिए ।

कोरोना भाईरसका कारण ईटालीको फुटबल मार्च ९ बाट स्थगित अवस्थामा छ । तर अबरुद्ध सिजन जुन २० बाट सुरु हुने तयारीमा छ । लिग लिडर युभेन्ट्सले दोस्रो स्थानको लाजियोसंग १ अंकको अग्रता लिएको छ । लिगमा अझै १२ चरणको खेल बाँकी छ ।