मिलानलाई पराजित गरे पछि एट्लान्टाका मिडफिल्डरले गरे इब्राहिमोभिचको ट्रोल

एट्लान्टाले शनिबार भएको खेलमा एसी मिलानलाई उसकै होममा ३-०ले पराजित गरेको थियो र जित पछि एट्लान्टाका मिडफिल्डर मार्टेन डी रूनले इब्राहिमोभिचको ट्रोल गरेका छन् ।

उक्त खेलमा इब्राहिमोभिचले एट्लान्टाका खेलाडीको मजाक उडाएका थिए। इब्राहिमोभिचले जपाटालाई खेलको क्रममा भने “तिमीले क्यारियरमा खेलेको भन्दा बढी मेरो गोल छ”।

सो खेलमा एट्लान्टाले पछि ३ गोल गर्दै मिलानलाई पराजित गरे र सो खेलमा जपाटाले पनि गोल गरेका थिए।

खेल पछि हाल एट्लान्टाका मिडफिल्डर मार्टेन डी रूनले इब्राहिमोभिचको ट्रोल गर्दै सामाजिक संजाल भिडियो पोस्ट गरे।

उक्त भिडियोमा इब्राहिमोभिचले जपाटाको मजाक उडाए पछि एट्लान्टाले गरेको गोलहरुको थियो र सो भिडियोमामा प्रसिद्ध ट्रोल म्यूजिक रहेको थियो।