एसी मिलानको जितमा ज्लाटानको उत्कृष्ट बाइसाइकल गोल (भिडियो)

सिरी ‘ए’ मा लिग लिडर एसी मिलानले जित निकालेको छ ।

आइतबार साँझ भएको खेलमा मिलानले उडिनेजेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

मिलानलाई जित दिलाउन फ्रान्क केसी र ज्लाटन इब्राहिमोविचले एक एक गोल गरे ।

उडिनेजेका रोड्रिगो डी पाउलले एक गोल फर्काए ।

उडिनेजेको मैदानमा फ्रान्कले १८ औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

४८ औं मिनेटमा रोड्रिगोले पेनाल्टीमा गोल गर्दै उडिनेजेलाई १-१ गोलको बराबरीमा ल्याए ।

तर, खेलको ८३ औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै मिलानलाई २-१ को जित दिलाए ।

ज्लाटानको उत्कृष्ट गोल हेर्नुहोस:

जितसँगै मिलानले ६ खेलमा १६ अंक जोडेको छ । मिलानले शीर्ष स्थानको अग्रता ४ अंकको समेत बनाएको छ ।

पराजित उडिनेजे ३ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।