एसी मिलानका स्टार गोलकीपर साइन गर्न चेल्सी र रियल म्याड्रिड प्रतिस्पर्धामा

एसी मिलानका स्टार गोलकीपर जिजियो डोनारुम्मा साइन गर्न चेल्सी र रियल म्याड्रिड प्रतिस्पर्धामा रहेको खबर छ।

गजेट्टा डेल्लो स्पोर्टका अनुसार चेल्सीले उक्त खेलाडीका एजेन्ट मिनो राइओलासँग इटालीका स्टार गोलकीपरको बारेमा कुरा गर्दैछन् ।

“मिलानले आफ्नो कर्पोरेट ब्यालेन्स शीट ठीक गर्न जियानलुइगी डोन्नारुम्मा बेच्ने सोचमा छन्,”स्चिराले बताए।

“रियल म्याड्रिड, पिएसजी र चेल्सीले राइओलासँग सम्पर्क गरिसकेका छन र गोलकीपरलाई €८ मिलियन प्रति वर्षको तलब दिन तयार रहेका छन् ।

“युभेन्टसले पनि परिस्थितिको अवलोकन गर्दै छन्।”

स्चिराले थपे: “चेल्सी केपासँग सन्तुष्ट छैनन् र उनीहरूले विकल्पको खोजीमा छन्।

“दुई हप्ता अघि रियलले पनि राइओलासँग कुरा गरेको छ। “उनीहरु जिजियो डोनारुम्मामा इच्छुक छन्।”