एसीसी एशिया कप छनौट को पहिलो खेलमा नेपाल पराजित

एसीसी एशिया कप अन्तर्गत नेपाल पहिलो खेलमा नै पराजित भएको छ । आज भएको खेलमा नेपाल ओमान ७ विकेटले पराजित भयो ।

मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा आठ विकेट गुमाउदै दुई सय २१ रन बनायो । ओपनल अनिल शा लाई आराम दिएर सुवास खकुरेललाई मौका दिएको नेपालले सुरुवात राम्रो गर्न सकेन । नेपालको ३१ रन हुदा पहिलो विकेट गुमायो । नेपालका सुवास मात्र ४ रनमा रनआउट भए ।

त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले केहि सम्हालिने प्रयास गरेका थिए तर सफल भएनन् , पारस ८ रनमा आउट भएपछि नेपालले ५६ रनमा दोस्रो विकेट खेर फाल्यो । लगत्तै नेपालले अर्को विकेट पनि गुमायो । राम्रो लयमा देखिएका ज्ञानेन्द्र मल्ल ४५ रनमा पेभेलियन फर्किदा नेपालले ५८ रनमा तेस्रो विकेट गुमायो ।

ओमानको बलिङ अगाडी नेपालका भरपर्दा खेलाडी खासै टिक्न सकेनन । जसमा कारण नेपालले ८० रन बनाउदा चार विकेट गुमायो । दिपेन्द्रसिंह ऐरी पनि मात्र नौ रनमा आउट भए । त्यसपछि पाँचौ विकेटका लागि सागर पुन र आरिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ९२ रनको साझेदारी गरेका थिए । तर नेपालको स्कोर एक सय ७२ रन हुदा आरिफ ३६ रनमा आउट हुन पुगे ।

यता आरिफसँग राम्रो ब्याटिङ गरेका सागरले ६३ बलमा अर्धसतक हिर्काए । त्यसपछि क्रिजमा आएका रोहित पौडेलले खाता खोल्न नपाउँदा नेपालले एक सय ७८ रनमा छैटौ विकेट गुमायो । त्यसपछि करण केसीले विस्फोटक २६ रन बनाए । अन्तिम ओभरमा नेपालले लगातार दुई विकेट गुमाउन पुग्यो । जसमा सागर पुन ८३ रन आउट हुदा बसन्तले खाता खोल्न पाएनन ।

नेपालले दिएको २२२ रनको लक्ष्य पक्ष्याएको ओमानले ४८ ओभरमा ३ विकेट गुमाउदै पुरा गर्यो ।

पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरेको ओमानका ओपनर अकीव लेयसलाई १६ रनमा आउट गरे । त्यसपछि ओमानका स्कोर ७१ रन हुदा नेपालले दोस्रो विकेट लियो । दोस्रो विकेटका लागि ओमानको साझेदारीलाई तोड्ने क्रममा रोहितले जतिन्द्रलाई ३० रनमा रन आउट गरे ।

त्यसपछि तेस्रो विकेटका लागि ओमानका भैभब सारीदार र खावर अलीले ७६ रनको साझेदारी गर्दै बलियो अवस्थामा पुर्याएका थिए । तर उसको स्कोर एक सय ४७ रन हुदा भैभवलाई सन्दिपले रनआउट गरे । उनले ४१ रन बनाए ।
अब नेपालले दाेस्राे खेलमा युएइसँग खेल्नेछ ।