एसि मिलानलाई जित्दै युनाईटेड अन्तिम आठमा

एजेन्सी, एसी मिलानसँगको दोस्रो लेगमा १–० गोलको अवे जितका साग म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेग घरेलु मैदानमा १–१ को बराबरी खेलेको युनाइटेडले समग्रमा २–१ को जित निकाल्यो ।

पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफको सुरुमै युनाइटेडका लागि पाउल पोग्वाले गोल गरे । उनकै गोल युनाइटेडको क्वाटरफाइनल प्रवेशमा निर्णायक बन्यो ।