एसिया कप : बंगलादेश र भारत फाइनलमा भिडने

बंगलादेश युएईमा जारी एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । एसिया कप अन्तर्गत सुपर चारको अन्तिम खेलमा पाकिस्तानलाई ३७ रनले हराएर बंगलादेशले फाइनलमा स्थान पक्का गरेको हो ।

जितसंगै बंगलादेशले सुपर चारको दोस्रो स्थानमा रहेर फाइनल भिडन्त पक्का गरेको हो । बंगलादेशले सुपर चारको ३ खेलबाट ४ अंक जोड्यो । अब जितसंगै बंगलादेशले सुपर चारको दोस्रो स्थानमा रहेर फाइनल भिडन्त पक्का गरेको हो । भारत ५ अंकसहित शीर्ष स्थानमा रहेर फाइनल पुगीसैक्को छ ।

अबुधाबीमा बंगलादेशले दिएको २४० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले पुरै ५० ओभरमा ९ विकेट गुमाएर मात्र २०२ रन बनाउन सक्यो ।

पाकिस्तानका इमाम उल हकले ८३ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै उसका आसिफ अलिले ३१ तथा सोयब मलिकले ३० रन जोडे । बंगलादेशका मुस्ताफिजुर रहमानले ४ विकेट लिए । यस्तै हसन मिराजले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४८ ओभर ५ बलमा अलआउट हुँदै २३९ रन बनाएको थियो । बंगलादेशका लागि मुस्फिकर रहिमले ९९ रनको योगदान गरे । त्यस्तै मोहमद मिथुनले ६० रन जोडे ।
पाकिस्तानका जुनेद खानले ४ तथा साहिद अफ्रिदी र हसन अलिले २/२ विकेट लिए ।