एसिया कप छनोटलाई नेपाली टोली

एसिया कप छनोटको रुपमा रहने एसीसी इन्ट्रन रिजन पुरुष सिनियर ट्वान्टी–२० क्रिकेट प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले १८ खेलाडी सम्मिलित प्रारम्भिक टिम घोषणा गरेको छ ।

वसन्त रेग्मी र शरद भेषावकरलाई यसपटक पनि ट्वान्टी–२० टोलीमा राखिएको छैन । शेर मल्ल पहिलोपल्ट बन्द प्रशिक्षणमा परेका छन् । भुवन कार्कीले लामो समयपछि अन्तिम १८ मा पुनरागमन गरेका छन् ।

मार्च महिनामा थाइल्यान्डमा हुने प्रतियोगिताका लागि १४ सदस्यीय अन्तिम टिमको घोषणा हुनेछ ।

प्रशिक्षक र टिम म्यानेजरको नाम उल्लेख गरिएको छैन । नेपालले थाइल्यान्ड, सिंगापुर र मलेसिया रहेको समूहमा प्रतिस्पर्धा गर्नेछ । अर्को समूहमा भुटान, चीन, म्यानमार र हङकङ छन् । समूहको शीर्ष २ टोलीले सेमिफाइनल खेल्नेछन् ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले अगस्टमा मलेसियामा हुने एसिया कप छनोटमा खेल्नेछ ।

प्रारम्भिक नेपाली टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्रसिंह ऐरी (उप–कप्तान), आरिफ शेख, विनोद भन्डारी, सन्दीप लामिछाने, करण केसी, अविनाश बोहोरा, कुशल मल्ल, पवन सर्राफ, सन्दीप जोरा, भुवन कार्की, सुशन भारी, किशोर महतो, लोकेश बम, शेर मल्ल, कमलसिंह ऐरी र रोहित पौडेल ।

@Kantipur

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ