एसिया कप छनोटमा नेपाल आज युएई सङ्ग खेल्दै

मलेसियामा जारी एसिया कप क्वालिफायर प्रतियोगिता अन्तर्गत केही बेरमा नेपालले युनाइटेड अरब ईमिरेट्स ( युएई) सङ्ग आफ्नो दोस्रो खेल खेल्दैछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आई सि सि ) द्वारा एकदिवसीय टिमको मान्यता पाई सकेका दुबै देश बिच आज हुने खेललाई यस अघि नै आई सि सि ले अन्तर्राष्ट्रिय एकदिवसिय खेलको मान्यता दिईसकेको छ ।

एकदिवसीय टिमको मान्यता पाईसकेको नेपालका लागि आजको खेल तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ । नेपालले यस अघि गत महिना नेदरल्यान्डसङ्ग उसकै घरेलु मैदानमा दुई खेल सम्मीलित अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज खेलेको थियो भने सिरिजमा १-१ को नतिजामा चित्त बुझाएको थियो ।

 

एसिया कप छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा पराजित भएको नेपालका लागि आज नेपाली समय अनुसार अहिले बिहान ७:१५ बजे सुरु हुने खेलमा नेपालले जित निकाल्न सके नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दोस्रो जित हुनेछ भने एसिया कप छनोटको सम्भावना बलियो हुनेछ ।

 

एसिया कप छनोट प्रतियोगिताको विजेता टोलिले अगामी सेप्टेम्बर १५ बाट युएईमा सुरु हुने भारत , पाकिस्तान , श्रीलंका , बङ्गलादेश र अफगानिस्तान सम्मीलित एसिया कप खेल्ने छ ।