एसिया कप गुमाउँदा फ्यानलाई भन्दा धेरै दुःख हामीलाई लागेको छ – पारस खड्का

एसिया कप छनोटमा चौथो स्थानमा सिमित रहदैँ नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ । एसिया कप छनोटको उपाधि जित्दै भारत र पाकिस्तानसँग खेल्ने सपना सहित मलेसिया प्रस्थान गरेको नेपाली टोलीले खराव प्रर्दशन गरेको कारण त्यो सपना पुरा हुन सकेन र समुह चरणबाटै बाहिरिनु परेको थियो । त्यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले एसिया कप छनोटमा खराव प्रर्दशन गरेर टेस्ट राष्टसँग खेल्ने अवसर गुमाएकोमा क्रिकेट फ्यानलाई भन्दापनि आफुहरुलाई बढि दुःख लागेको बताएका छन् । त्रिभुवन विमान स्थलमा पत्रकारसँग बोल्दै पारसले यस्तो बताएका हुन् ।

पारसले टिमको खराव प्रर्दशनको जिम्मा,कप्तान,खेलाडी, प्रशिक्षकले लिएको बताए । त्यस्तै पारसले नेपालको ब्याटिङ र डटबलको समस्या यो प्रतियोगितमा मात्र नभएर सुरु देखिनै ठूलो समस्या रहेको बताए । कप्तान पारसले ब्याटिङ सुधारको लागि एक दुई हप्ता आएका प्रशिक्षकले कुनै प्रभाव नपार्ने बताए । ब्याटिङ सुधारको लागि कम्तीमा पनि ६/७ महिना प्रशिक्षक आफ्नो साथमा हुने पर्ने बताएका छन् । पारसले आगमी दिनमा उत्कृष्ट प्रर्दशन गर्ने र अहिलेको टिम उत्कृष्ट रहेको पनि बताएका छन् । त्यस्तै प्रशिक्षक जगत टमटाले अव ब्याटिङ,बलिङ र फिल्डीङसबैमा सुधार गर्नु पर्ने समय आएको र राम्रो खेल्ने क्षमता भएपनि क्षमता अनुसारको क्रिकेट खेल्न नसकेको बताए ।

नेपाल एसिया कप छनोटमायुएई,ओमान र हङकङसँग पराजित भएको थियो भने मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो । एसिया कपको उपाधि हङकङले जितेको छ । हङकङले युएईलाई २ विकेटले पराजित गर्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ले पक्का गरेको हो । अव नेपाली क्रिकेट टिमले अक्टोबर ३ बाट मलेसियामा सुरु हुने एसिया “बि” उप–क्षेत्रिय टी–२० विश्वकप छनोटका लागि अभ्यासमा ब्यस्त हुने छ ।