एसिया कप क्रिकेट : भारतले अफगानिस्ता हराउन सकेन

युएईमा जारी सुपर फोरको पाँचौ खेलमा भारत र अफगानिस्तानबीचको खेल बराबरीमा रोकिएको छ । मंगलबार राती भएको खेलमा अफगानिस्तानले दिएको २ सय ५३ रनको लक्ष्य पक्ष्याएको भारत ४९ ओभर ५ बलमा अल आउट हुदैँ मात्र २ सय ५२ रन बनाउन सक्यो । भारतका लागि ओपनर आम्बीत रायुडू र के.एल राहुलले पहिलो विकेटका लागि ११० रनको साझेदारी गर्दै सहज जित तर्फ अघि बढेका थिए ।

तर १७ ओभर १ बलमा मोहमम्द नाबीको बलमा नजीबुल्ला जद्रानले रायुडुलाई क्याच आउट गराएपछि भारतको विकेट पतन सुरु भएको थियो । रायूडुले ४९ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ५७ रन बनाए ।

दोस्रो विकेटको रुपमा राहुललाई रसिद खानले एलपि डब्लुको शिकार बनाउदै ६० रनमा पेभिलिएन फर्काएपछि भारत अझ दवावमा आएको थियो । राहुलले ६६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ६० रनमा आउट भए । भारतको विकेट पतन निरन्तर जारी रह्यो । कुनै समय १७.१ ओभरमा ११०–१ स्थितिमा रहेको भारत ४९ औ ओभरमा २४६–९ को स्थितिमा पुगेको थियो । भारतलाई अन्तिम ओभरमा जितको लागि ७ रन चाहिएको थियो ।

तर रसिद खानले रविन्द्र जडेजालाई पहिलो बलमा डट,दोस्रो बलमा चौका,तेस्रो र चौथो बलमा १÷१ रन र पाचौँ बलमा जडेजालाई आउट गरेपछि खेल बराबरीमा सकिएको हो । भारतका लागि अन्य ब्याटम्यान दिनेश कात्तिकले ६६ बलमा ४ चौकाको सहयोगमा ४४,केधार जाधव १९, रविन्द्र जडेजा २५,दिपक चाहर १२, कुलदिप यादव ९,महेन्द्र सिंह धोनी र मनिस पाण्डेले समान ८ रन बनाए ।

भारतलाई रोक्न अफगानिस्ताका लागि मोहमम्द नाबी,रसिद खान र अफ्तव आलमले समान दुई विकेट ल यस अघि दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्ताने निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २५२ रन बनाउन सक्यो । अफगानिस्तानका लागि ओपनर सहजाद र जावेद अहमदीले उत्कृष्ट सुरुवा गरेका थिए । सहजाद र जावेदले पहिलो विकेटको रुप १० ओभरमा ६३ रन को साझेदारी गरेका थिए ।

पहि विकेटका रुपमा अहमदी १२ ओभर ४ बमा ५ रन बनाएर खेली रहेको अवस्थामा रविन्द्र जडेजाको बलका महे सिंह धोनीको स्टिमपिङको सिकार भए । त्यसपछि दोस्रो विकेटका रुपमा रमात शाह १४ ओभर ४ बलमा जडेजाकै शिकार हुदैँ ३ रनमा पेभिलिएन फर्किए । त्य १५ ओभर २ बलमा हस्मतुल्लाह शाहिदी र ३ बलमा कप्तान अस्गर अफ्घानीलाई कुलदीप यादवले ० रनमा पेभिलिएन फर्किका थिए ।

भारतीय बलर सामु खुलेर खेलेका सहजादले ११६ बलमा ७ छक्का र ११ चौका प्रहार गर्दै उत्कृष्ट १२४ रनको शतकीए इनिङ खेले । सहजाद ३७ ओभर ५ बलमा केधार जाधवको बलमा दि कात्तिकको हातबाट क्याच आउटको शिकार भए । भारतीय बलर सामु आक्रमक ब्याटिङ गरेका महोम्मद नाबीले ५६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६ रनमा आउट भए ।

अफगानिस्तानका अन्य ब्याटम्यान जद्रान २०, गुल्बदीन नाइब १५,अफ्तब आलम २ र रसिद खानले १२ रनमा नट आउट रहे । भारतका लागि रविन् जडेजा ३,कुलदीप यादव २ लिदाँ केधार जाधव,खली अहमद र दिपक चाहरले समन १ विकेट लिएका थिए । खेल बराबरीमा रोकिएसँगै अफगानिस्तानको एसिय कप यात्रा पनि सकिएको छ ।