एसिया कपका लागि नेपाली टिमकाे घाेषणा, विनोद र सागरकाे कमब्याक

मलेसियामा आयोजना हुने एसीसी एसिया कप छनोट प्रतियोगिता खेल्ने नेपाली टिमको घोषणा भएको छ ।

अगस्ट २८ देखि मलेसियामा हुने प्रतियोगिताका लागि गठित छनोट समितिले १५ नियमित र चार बैकल्पिक खेलाडीको नामावली सार्वजनिक गरेको हो ।

मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सहभागि छनोट समितिले आज सार्वजनिक गरेको नेपाली टिममा विनाेद भण्डारी, सुवास खकुरेल र सागर पुनले कमब्याक गरेका छन् । यस अघि नेपालले खेलेकाे मुख्य प्रतियाेगिता अार्इसीसी विश्व क्रिकेट लिग डिभिजन २ पछि विनोद र सागर टिमबाहिर रहेका थिए ।

नेपाली टिममा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार शाह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र आरिफ शेख छन् । यस्तै सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल पनि टिममा छन् ।

बैकल्पिक खेलाडीमा किशोर महतो, प्रदिप ऐरी, सुनिल धमला र सुशन भारी छन् ।