एसियाडमा नेपालको पहिलो जित

१२- इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्स ९एसियाड० अन्तर्गत १३औँ-१८औँ पोसिजनको लागि भएको क्वाटरफाइनलमा नेपालले मंगोलियालाई ३-१ सेटमा पराजित गर्दै जित हासिल गरेको छ । नेपालले पुरुष भलिबलमा मंगोलियालाई हराएको हो । ३२ वर्षपछि एसियाड खेलेको नेपालको पुरुष भलिबल टोलीले मंगोलियालाई हराएको हो ।

पहिलो सेट टाइब्रेकरमा २८-२६ ले गुमाएपनि नेपालले उत्कृष्ट पुनरागमन गर्दै लगातार ३ सेट जित्यो । नेपालले दोस्रो सेट सहजै २५-१६ ले जित्दै खेल १-१ को बराबरी गर्यो ।

तेस्रो सेटमा नेपाल सुरुदेखि नै पछि परेको थियो । तर अन्तिमा उक्त पनि पनि टाइब्रेकरसम्म पुग्यो र नेपालले ३०-२८ ले जित्दै २-१ को अग्रता लियो । तेस्रो सेट नेपालले २५-२० ले जित्दै एसियाडको इतिहासमा पहिलो खेल जितेको हो । नेपालले अब १३औँ-१६औँ पोजिसनको लागि हुने सेमिफाइनलमा दक्षिण एसियाली राष्ट्र श्रीलंकासँग खेल्नेछ ।