एसियन महिला कप छनोटको ड्र सम्पन्न

काठमाडौं, एएफसी एसियन महिला छनौट कपको ड्र सम्पन्न भएको छ। नेपाल रहेको समुहमा फिलिपिन्स र हङकङ रहेको छ।

ड्र एएफसीको मुख्य कार्यलय कोला लम्पुरमा भएको थियो। एसियन कपको छनोट नेपालमा आयोजना गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को तयारी छ ।

एसियाका २८ देश प्रतियोगिताको ड्रमा समावेश थिए । चार समूहमा चार देश र बाँकी चार समूहमा तीन देश समावेश गर्दै समूह तालिकाको टुङ्गो लागेको हो ।

समूह विजेता टोली भारतमा अर्को वर्ष हुने एएफसी वुमन्स एसिया कपमा छनोट हुनेछ । प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुने तय भएको छ ।